Breaking News.... EverestOnlineKhabar
June 27, 2026

Loading

बीबीसी । उत्तर कोरियाली नेता किम जङ-अनले सिंगापुरमा भएको ऐतिहासिक शिखर बैठकपछि अर्को वार्ताका लागि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई पत्र लेखेको ह्वाइट हाउसले जनाएको छ। नयाँ वार्ताको मितिबारे विचार गर्न थालिसकिएको अमेरिकाले बताएको छ।

ह्वाइट हाउसकी प्रवक्ता सेरा स्याण्डर्सले किम जङ-अनको ‘एकदमै न्यानो पत्र’ले ‘निरस्त्रीकरणमा केन्द्रित हुने आफ्नो प्रतिबद्धतालाई प्योङयाङले निरन्तरता दिएको’ देखाएको बताइन्। उनले भनिन्, “पत्रको प्राथमिक उद्देश्य अर्को वार्ताका लागि आग्रह र मिति हेर्न रहेको छ, जसका लागि हामी खुल्ला छौँ र त्यसबारे समन्वय गर्न थालिसकेका छौँ।”

तर दुई नेताबीचको अर्को बैठक सम्भवतः कहिले बस्छ भन्ने बारे भने उनले कुनै सङ्केत गरिनन्। दक्षिण कोरियाका राष्ट्रपति मून जे-इनले सो समाचारको स्वागत गरेका छन्।

उनले भने, “कोरियाली प्रायःद्वीपको निरस्त्रीकरण एउटा यस्तो विषय हो जसलाई उत्तर कोरिया र अमेरिकाबीचको वार्तामार्फत् आधारभूत रूपमा सम्बोधन गर्नुपर्छ।”

ट्रम्प र किमबीच गत जुनमा भएको शिखर बैठक गराउन मूनले महत्त्वपूर्ण भूमिका खेलेका थिए। अर्को हप्ता प्योङयाङमा किम र मूनबीच तेस्रो चरणको प्रत्यक्ष वार्ता हुने तय भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.