Breaking News.... EverestOnlineKhabar
June 27, 2026

Loading

बीबीसी । पाकिस्तानका अपदस्थ प्रधानमन्त्री नवाज शरिफकी श्रीमती कुल्सूम नवाजको लन्डनमा निधन भएको छ। उनी ६८ वर्षकी थिइन्। तीन पटक प्रथम महिला रहिसकेकी कुल्सूमलाई सन् २०१७ मा क्यान्सर भएको पत्ता लागेको थियो। गत जुन १४ मा उनलाई हृदयाघात पनि भएको थियो।

नवाज शरिफ र छोरी मरियम दुवै जना अहिले पाकिस्तानको जेलमा छन्। कुल्सूमलाई लन्डनमै छोडेर गत जुलाई महिनामा निर्वाचनअघि छोरीसहित शरिफ स्वदेश फर्किएका थिए। त्यसअघि नै नवाज शरिफ र मरियम शरिफलाई उनीहरूको अनुपस्थितिमा भ्रष्टाचारसम्बन्धी एउटा मुद्दामा दोषी ठहर गरी जेल सजाय सुनाइएको थियो।

भ्रष्टाचारको मुद्दामा दोषी भएको भन्दै पाकिस्तानको अदालतले नवाज शरिफलाई राजनीतिमा संलग्न हुन प्रतिबन्ध लगाएको छ। गत वर्ष उनी पदमुक्त भएपछि खाली भएको निर्वाचन क्षेत्रबाट कुल्सूम सांसद निर्वाचित भएकी थिइन्। तर विदेशमा क्यान्सरको उपचार चलिरहेका कारण उनले शपथ भने लिन सकिनन्।

सन् १९७१ मा कुल्सूमको नवाज शरिफसँग बिहे भएको थियो। नवाज शरिफ सन् १९९० देखि १९९३, १९९७ देखि १९९९ र २०१३ देखि २०१७ गरी तीन पटक प्रधानमन्त्री बनेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.