![]()
पोखरा । इण्डोनेसियामा सम्पन्न १८ औं एसियाली खेलकुदमा एकमात्र रजत पदक जित्ने प्याराग्लाइडिङ खेलाडी नगदसहित सम्मानित भएका छन् । गण्डकी प्रदेश सरकारले ५ जना पदकधारी प्याराग्लाइडिङ खेलाडीलाई जनही एक–एक लाख र प्रशिक्षक एवम् व्यवस्थापकलाई जनही २५ हजार रुपैयाँसहित सम्मान गरेको हो ।
कप्तान विमल अधिकारी, विजय गौतम, युकेश गुरुङ, सुशील गुरुङ र विशाल थापा, मुख्य प्रशिक्षक योगश भट्टराई, सहायक प्रशिक्षक सानुबाबु सुनुवार र टिम व्यवस्थापक शैलेन्द्र राउतलाई गण्डकी प्रदेश सामाजिक विकासमन्त्री नरदेबी पुन र मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले सम्मान गरेका हुन् ।
टिममा सहभागि तीन महिला खेलाडी त्रिषा श्रेष्ठ बमजन, प्रतिभा भुजेल र सविता तामाङ पनि सम्मानित भएका छन् ।


