Breaking News.... EverestOnlineKhabar
August 15, 2026

Loading

काठमाडौं । महानगरीय प्रहरी परिसर, काठमाडौंले नक्कली एटीएम कार्ड बनाउने गिरोहका ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३ जना भारतीय र दुई जना नेपाली नागरिक छन् । पक्राउ पर्नेहरूमा जिन्टु ज्वाए, विकास गोसाई, विटु गौतम लगायत छन् ।

परिसरका प्रमुख एसएसपी वसन्त लामाका अनुसार उनीहरुमध्ये भारतीय नागरिकलाई ठमेलस्थित एक होटलबाट र दुई नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो ।

उनीहरूको साथबाट नक्कली एटीएम बनाउन प्रयोग हुने मेसिन समेत बरामद भएको जनाइएको छ । पक्राउ परेकाहरुमाथि विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.