Breaking News.... EverestOnlineKhabar
August 17, 2026

विप्लवसहित द्वन्द्वरत पक्षलाई वार्तामा आउन सरकारको आह्‍वान

Loading

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलगायतका द्वन्द्वरत र असन्तुष्ट पक्षलाई वार्तामा आउन आह्वान गरेको छ। सरकारद्वारा गठित राजनीतिक वार्ता टोलीले असन्तुष्ट र द्वन्द्वरत पक्षलाई वार्तामा आउन औंपचारिक आग्रह गरेको हो।

सोमबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेयले असन्तुष्ट एवम् द्वन्द्वरत सम्पूर्ण पक्षलाई वार्तामा आउन आह्वान गरे। उनले कुनै पनि असहमति, विवाद र द्वन्द्वलाई वार्ताकै माध्यामबाट टुंगो लगाउन सरकारले वार्ता टोली नै गठन गरेको पनि स्पष्ट पारे।

गत भदौं ८ गते बसेको मन्त्रिपरिषद् बैठकले द्वन्द्वरत र असन्तुष्ट पक्षलाई सहमतिमा ल्याउन सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा) का नेता पाण्डेयको नेतृत्वमा ५ सदस्यीय अधिकार सम्पन्न राजनीतिक वार्ता टोली गठन गरेको थियो। वार्ता टोलीले सिंहदरबारभित्रै कार्यालय स्थापना गरी आफ्नो कामलाई पनि सुरु गरेको छ।

संयोजक पाण्डेयले गृह मन्त्रालयसँग समन्वय गरेर समितिले आफ्नो काम सुरु गरिसकेको जानकारी दिए। समितिले द्वन्द्वरत र असन्तुष्ट पक्षलाई पहिचान गर्न शान्ति प्रक्रियासँग सम्बन्धित विगतका समितिहरुसँग पनि आवश्यक परामर्श लिइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.