Breaking News.... EverestOnlineKhabar
June 27, 2026

Loading

बीबीसी । अफगानितास्तानको उत्तरी कुन्दुज प्रान्तमा  प्रहरीचौकीमा  सशस्त्र तालिबान लडाकूहरुले आक्रमण गरेका छन् । आक्रमणमा परी कम्तीमा पनि १३ जना प्रहरीको ज्यान गएको छ । तालिबानका १० जना लडाकू पनि मारिएका छन् ।

कुन्दुजको दासित इ आर्ची जिल्लामा रहेका सरकारी कार्यालयहरुनजिकै रहेको सो प्रहरीचौकीमा सोमबार बिहानीपख तालिबान लडाकूहरुले शक्तिशाली बन्दुक र रकेट लन्चरजस्ता अत्याधुनिक हतियारहरुले आक्रमण गरेका प्रहरीले जनाएका छन् ।

सो जिल्लामा रहेका सरकारी कार्यालयलाई यसअघि पनि तालिबान लडाकूहरुले लक्षित गर्ने गरेका थिए । गत हप्तामात्र पनि सो जिल्लामा उनीहरुले हमला गरेका थिए ।

त्यसैगरी, अफगानिस्तानको अर्काे प्रान्त बाघलानमा पनि गत शुक्रबार भएको यस्तै हमलामा परी अफगानिस्तानका २० जना सैनिकको ज्यान गएको थियो ।

कुन्दुज र बाघलान अफगानिस्तानको पूर्वी क्षेत्रमा पर्दछन् । सो क्षेत्रमा तालिबान लडाकूहरुको बढी नै प्रभाव रही आएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.