![]()
काठमाडौं । एक दिवसीय सिरिज खेल्न नेपाली यु—१९ क्रिकेट टोली भारत प्रस्थान गरेको छ । भारतीय क्रिकेट बोर्ड (बिसीआई) को निमन्त्रणामा नेपाली टोली भारतको लखनउ प्रस्थान गरेको हो ।
आशिफ शेखको कप्तानीमा रहेको नेपाली टोलीले पहिलो खेल बुधबार एनसीए यु–१९ सँग खेल्नेछ । दोस्रो खेलमा २९ गते भारतको यु–१९ टिमसँग खेल्ने नेपालले ३१ गते अफगानिस्तान यु–१९ टोलीसँग प्रतिस्पर्धा गर्नेछ । ४ टिम सहभागि हुने खेलमा सबैले एकअर्का विरुद्ध खेल्नेछन् ।
टोलीमा मोहमद आसिफ शेख (कप्तान), ट्रिटराज दास, रवि शाह, लोकेश बम, रित गौतम, रसिद खान, भिम सार्की, कमल सिंह ऐरी, सन्दीप जोरा छन् । त्यस्तै पवन सराफ, किशोर महतो, सागर ढकाल, अरुण ऐरी र मोहमद सम्सद आलम पनि टिममा छन् ।


