![]()
बीबीसी । पश्चिम अस्ट्रेलियाको पर्थमा एक घरमा बालबालिकासहित कम्तीमा पाँच जनाको शव भेटिएको स्थानीय प्रहरी अधिकारीहरूले जनाएका छन्। प्रहरीको वक्तव्यमा बालबालिकासहित धेरै जनाको शव भेटिएको उल्लेख छ। अनुसन्धाताहरूले मृतकको एकिन संख्या खुलिनसकेको बताएका छन्। मृतकको उमेर र लिंग पहिचान पनि हुन नसकेको प्रहरीले बताएको छ।
एकजना करिब २० वर्षको हाराहारीका व्यक्तिले प्रहरी समक्ष आत्मसमर्पण गरी शवका बारेमा जानकारी दिएका थिए। प्रहरीले भनेको छ, ‘ती व्यक्ति प्रहरीको नियन्त्रणमा छन् र प्रहरीलाई घटनाको यथार्थता बताउन सहयोग गरिरहेका छन्। ‘ प्रहरी नियन्त्रणमा रहेका ती व्यक्तिसँग मृतकहरुको सम्बन्धका बारेमा पनि प्रहरीले अनुसन्धान जारी राखेको छ।
अस्ट्रेलियामा पछिल्ला दिनहरूमा व्यक्ति हत्याका घटनाहरूमा वृद्धि भएको छ।


