Breaking News.... EverestOnlineKhabar
October 3, 2026

Loading

काठमाडौँ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेका दिलिपसिंह बिष्टको स्वास्थ्य परीक्षणको काम सकिएको छ । १० दिन काठमाडौँ राखेर उनको स्वास्थ्य परीक्षण सम्पन्न गरिएपनि अस्पतालले दिएको स्वास्थ्य परीक्षण रिर्पाेट भने सार्वजनिक गरिएको छैन ।

कञ्चनपुरका प्रहरी प्रमुख एसपी कुबेर कडायतले बिष्टको स्वास्थ्य परीक्षण रिपोर्ट प्राप्त भएको तर शिलबन्दी भएकोले आफूहरुले नखोलेको जानकारी दिए । उनले दिलिपको स्वास्थ्य परीक्षण रिर्पाेट प्रहरीले सोझै अदालतमा पेश गर्ने बताए । काठमाडौँमा स्वास्थ्य परीक्षण सकेर दिलिपलाई महेन्द्रनगर लगिएको छ ।

दिलिपको मानसिक अवस्थासँगै यौन उत्तेजनाको पनि परीक्षण गरिएको छ । कञ्चनपुर लगिएका विष्टले आफू निर्दाेष भएको बताउँदै आफूलाई बचाइदिन आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed