Breaking News.... EverestOnlineKhabar
August 16, 2026

जापानी खेलाडी ओसाकालाई युएस ओपन टेनिसको उपाधि, अम्पाएर ‘चोर भएको’ सेरेनाको आरोप

Loading

एजेन्सी । जापानी खेलाडी नाओमी ओसाकाले पहिलो पटक युएस ओपन टेनिसको उपाधि जितेकी छन् । अमेरिकन खेलाडी सेरेना विलिम्यसलाई पराजित गर्दै नावामी ओसाकाले पहिलो पटक युएस टेनिसको उपाधि जितेकी हुन् । आर्थर स्टेडियममा पहिलो सेट ६–२ ले जितेकी ओसाकाले दोस्रो सेटमा पनि ६–४ को जित निकाल्दै पहिलो ग्रान्डस्लाम जित्न सफल भइन् ।

आमा बनेपछि पहिलो पटक प्रतिस्पर्धामा उत्रिएकी सेरेनाको उपाधि चुम्ने सपना ओसाकाले चकनाचुर पारिन् ।  पराजितपछि आक्रोशित सेरेनाले अम्पाएर ‘चोर भएको’ आरोप लगाएकी छन् । अम्पाएरको गलत निर्णयले आफु पराजित भएको सेरेनाको आरोप छ ।
g

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.