Breaking News.... EverestOnlineKhabar
June 26, 2026

Loading

बीबीसी । सिरिया र रुसले विद्रोही नियन्त्रित उत्तरी प्रान्त इड्लिबमा केही हप्तायताकै सबैभन्दा भीषण हवाई हमला गरेको अधिकारकर्मीहरूले बताएका छन्। उनीहरूका अनुसार इड्लिबका दक्षिणी भागका साथै हामा प्रान्तसँगको सीमावर्ती क्षेत्रलाई निशाना बनाइएको छ।

इड्लिब प्रान्त विद्रोही नियन्त्रित अन्तिम महत्त्वपूर्ण क्षेत्र हो र रुसको सहयोगमा सिरियाली सरकारी फौजले त्यहाँ हमला गरेका हुन्। यसअघि रुस र इरानले मानवीय सङ्कट उत्पन्न हुनसक्ने त्रासका बीच सङ्घर्षविराम गर्नुपर्ने आग्रह शुक्रवार अस्वीकार गरेका थिए।

ब्रिटेनमा अवस्थित सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स र विपक्षी सम्बद्ध इड्लिब मीडिया सेन्टरले शनिवार बताए अनुसार सरकारी फौजका हेलिकोप्टरहरूले इड्लिब र उत्तरी हामामा १९ वटा ब्यारेल बम खसालेका थिए।

सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार १० अगष्टयताकै ‘सबैभन्दा हिंसात्मक र भीषण’ हमलाहरू गरिएका छन्। दक्षिणी इड्लिबमा मात्रै दुईजना बालबालिकासहित नौजना सर्वसाधारणको ज्यान गएको सो संगठनले जनाएको छ।

इड्लिब किन महत्त्वपूर्ण छ भन्नुपर्दा सिरियाली सरकारविरुद्ध विगत सात वर्षदेखि लडिरहेका विद्रोही र जिहादीहरूको बलियो पकड भएको त्यो अन्तिम क्षेत्र हो। इड्लिब सिरियाका महत्त्वपूर्ण राजमार्गहरूसँग जोडिएको छ र सरकारले त्यसलाई पुनः नियन्त्रणमा लिए केही छरपस्ट क्षेत्रमा विद्रोहीहरू सीमित हुन पुग्नेछन्।

उक्त प्रान्तमा कुनै एउटा समूहको मात्र नभइ कैयौँ समूहहरूको नियन्त्रण रहेको बताइन्छ। त्यसमा अल-कायदा सम्बद्ध जिहादी समूहहरू र टर्की समर्थित न्याशनल लिबरेशन फ्रन्टका प्रतिद्वन्द्वी समूह लगायत छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.