Breaking News.... EverestOnlineKhabar
October 3, 2026

सलमान खानलाई बिग बोसको प्रति एपिसोड १४ करोड भारू दिइने

Loading

एजेन्सी । सलमान खान सबैभन्दा धेरै कमाउने बलिउड स्टार हुन् । ठूलो पर्दा र टेलिभिजन जगतमा पनि सलमान सबैभन्दा धेरै कमाई गर्ने नायक हुन् । बिग बसको पछिल्लो सिजनमा सलमानले ११ करोड भारु एक एपिसोडका लागि लिने गर्थे । यो सिजनका लागि सलमानको पारिश्रमिकमा वृद्धि भएको छ । कार्यक्रमका लागि सलमानले अब हरेक एपिसोडका लागि १४ करोड भारु लिनेछन् । यद्यपी, यो सलमानले माग गरेजति पारिश्रमिक भने होइन ।

कार्यक्रम १३ हप्ताभन्दा बढि चल्नेछ र सलमान हरेक शनिबार र आइतबारको एपिसोडमा देखिनेछन् ।

बिग बसको बढ्दो टिआरपी रेटिङसँगै हरेक वर्ष सलमानको पारिश्रमिक पनि बढ्दो छ । यस वर्ष सलमानले प्रत्येक एपिसोडको १९ करोडको माग गरेका थिए । च्यानल र सलमानबीच लामो कुराकानीपछि यी दुई १४ करोड प्रति एपिसोडका लागि तयार भए ।

सलमानले ९ औं पटक यो विवादास्पद रियालिटी शोको होस्ट गर्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed