Breaking News.... EverestOnlineKhabar
October 1, 2026

विश्व व्यापार संगठनबाट बाहिरिने अमेरिकी राष्ट्रपतिको चेतावनी

Loading

एजेन्सी,भदौ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व व्यापार संगठन (डब्लूटीओ) बाट बाहिरिने चेतावनी दिएका छन् । डब्लूटीओको अमेरिकाप्रतिको कार्यशैलीमा असन्तुष्टि जनाउँदै ट्रम्पले यस्तो चेतावनी दिएका हुन् ।‘यदि उनीहरुले कार्यशैली बदल्दैनन् भने म डब्लूटीओबाट बाहिरिने छु,’ ब्लूमबर्ग न्यूजसँगको अन्तर्वार्ताका क्रममा ट्रम्पले भनेका छन् । ट्रम्पले डब्लूटीओले अमेरिकाप्रति पक्षपातपूर्ण व्यवहार गर्दै आइरहेको आरोप केही समयदेखि लगाउँदै आइरहेका छन् ।
डब्लूटीओ विश्व व्यापारको थिती बसाल्न तथा देशहरुबीचको विवाद समाधानका लागि स्थापित संगठन हो । तर संरक्षणवादी नीतिमा जोड दिँदै आइरहेका ट्रम्पले डब्लूटीओले गलत व्यहवार गरिरहेको बताइरहेका छन् । राष्ट्रपति ट्रम्पको डब्लूटीओबाट बाहिरिने चेतावनीले ट्रम्पको व्यापार नीति र डब्लूटीओको खुला व्यापार प्रणालीबीच द्धन्द्ध उजागर गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed