Breaking News.... EverestOnlineKhabar
August 12, 2026

बिम्स्टेक सदस्य राष्ट्रका चार राष्ट्रप्रमुख आजै स्वदेश फर्किने….

Loading

काठमाडौ,भदौ ।
बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडी राष्ट्रहरुको प्रयास (बिमस्टेक) को चौथो शिखरसम्मेलनमा सहभागी हुन आएका सदस्य राष्ट्रका राष्ट्रप्रमुखमध्ये ४ जना आजै स्वदेश फर्किने भएका छन्। सम्मेलनले काठमाडौं घोषणा–पत्र जारी नगर्दै शुक्रबार बिहान बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद स्वदेश फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ। हसिना बिहीबार मात्रै नेपाल आएकी थिइन्।
आम निर्वाचनलाई लिएर बढ्दो राजनीतिक गतिरोधका कारण वाजेद सम्मेलन नसकिँदै बंगलादेश फर्किन लागेकी हुन्।सम्मेलन सकिएसँगै आज भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, म्यानमारका राष्ट्रपति विन मिन्ट र थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान ओ चा पनि आजै स्वदेश फर्किने बताइएको छ। सम्मेलनका लागि मोदी र ओ चा बिहीबार मात्रै नेपाल आएका हुन्। मिन्ट भने सबैभन्दा पहिले बुधबार नै काठमाडौं उत्रिएका थिए। उता भुटानका अन्तरिम सरकारका सल्लाहकार एवम् प्रधानन्यायाधीश दासो छिरिङ वाङचुक भने शनिबार फर्कने छन्।
नेपाल आएकै दिनमा काठमाडौंस्थित बौद्ध स्तुपा अवलोकन गरेका उनले लुम्बिनी पुगेर पुजाआजा गर्ने कार्यक्रमसमेत छ।
त्यस्तै, श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना भने आइतबार मात्रै स्वदेश फर्किने छन्। सिरिसेना र प्रधानमन्त्री केपी शर्मा ओलीबीच द्विपक्षीय भेटघाटको कार्यक्रम तय भएको छ।
श्रीलंकाका राष्ट्रपति सिरिसेना भने मंगलबार नै काठमाडौं आएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed