Breaking News.... EverestOnlineKhabar
August 11, 2026

विधान संशोधनका लागि कांग्रेसको मस्यौदा समितिले माग्यो देशभरीबाट सुझाव

Loading

काठमाडौ,भदौ ।
नेपाली कांग्रेस विधान मस्यौदा समितिले राय तथा सुझाव आह्वान गरेको छ। समितिले भदौ २१ गतेसम्म राय संकलन गर्ने भएको हो। समितिले नेपालको संविधान, राजनीतिक दल सम्बन्धी ऐन, प्रचलित कानुन तथा नयाँ संघीय व्यवस्था अनुसार नेपाली कांग्रेसलाई सशक्त, प्रभावकारी, पारदर्शी र समयानुकूल बनाउन विधानमा समावेश गर्नुपर्ने विषयहरुमा सुझाव आह्वान गरेको छ।
समितिको बैठकले ‘सांगठनिक संरचना लगायतका सम्बन्धमा पार्टीको विधानमा के कस्ता संशोधन र परिमार्जन आवश्यक छ ?’ भनी सुझाव माग गरेको हो। गत बिहीबार गठन भएको समितिले सदस्य सचिवमा केशव रिजाललाई नियुक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed