![]()
काठमाडौं । नेपाल चिकित्सक संघले सरकारले ल्याएको ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ को स्वागत गरेको छ । नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले सरकारले ल्याएको ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ को स्वागत गरेका हुन् ।
प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिमा बिहिबार विधेयकमाथिको छलफलमा भाग लिँदै उनले अस्पतालहरुमा राजनीतिक नियुक्ती गर्ने परिपाटीको अन्त्य गर्ने विषयमा भने स्पष्ट कानुनी व्यवस्था गर्न पनि समितिलाई सुझाव दिए । अध्यक्ष श्रेष्ठले स्वास्थ्य विज्ञान प्रतिष्ठानको मातहतमा अस्पतालहरुलाई नराख्ने कानुनी प्रावधान बनाउन पनि समितिसँग आग्रह गरे । अस्पतालहरुलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको मातहतमा राखेकै कारण नेपालको सरकारी अस्पतालहरुको अवस्था नाजुक बन्न गएको अध्यक्ष श्रेष्ठको दावी छ ।
बैठकमा समितिका सदस्यहरुले चिकित्सकहरुलाई आफ्नो सेवा छाडेर राजनीतिक नगर्न सचेत गराएका थिए ।


