Breaking News.... EverestOnlineKhabar
August 13, 2026

Loading

एजेन्सी । बलिउड अभिनेता अर्जुन कपूर डिभोर्सी अभिनेत्री मलाइका अरोडासँग प्रेममा रहेको चर्चा छ । अर्जुन कपूरकै लागि मलाइकाले अरवाज खानलाई डिभोर्स दिएको आरोप छ ।

अत्यधिक नकारात्मक टिकाटिप्पणीहरू भएपछि अर्जुन र मलाइकाले एक–अर्कासँग दुरी बनाएका थिए । उनीहरूसँगै नदेखिएको लामो समय भएको थियो । यसबाट उनीहरूका बीच खटपट भएको वा ब्रेकअप भएको अनुमान धेरैले गरेका थिए । अनुमानहरूलाई चिर्दै मलाइका र अर्जुनफेरि एकपटक एकसाथ देखिएका छन् ।

हालै आयोजित लक्मे फेसन विकमा सहभागी भएका उनीहरू सँगसँगै बसेका थिए । कार्यक्रममा अर्जुन आफ्ना सौतेनी बहिनीहरू जान्भी र खुशी कपूरलाई लिएर पुगेका थिए ।

अर्जुन र मलाइका योजना बनाएरै भेटेका हुन् वा अचानक भेट भएको हो त्यो भन्ने खुलेको छैन । उनीहरू भेट भएपछि आपसमा निकै आत्मिय देखिएका थिए ।  अर्जुन र मलाइकाको घनिष्ठताबाट बहिनीहरूले भने अप्ठेरो महसुस गरेको देखिन्थ्यो ।

अर्जुन अहिलेसम्म अविवाहित छन् । मलाइका पनि डिभोर्सपछि एक्लै छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed