Breaking News.... EverestOnlineKhabar
August 11, 2026

सुन तस्करी अभियोगमा विमल पोद्दारसहित ५ जना जेल चलान

Loading

काठमाडौं। संगठित सुन तस्करीको मुद्दामा थप ५ जना जेल चलान भएका छन्। जिल्ला अदालत मोरङले  विमल पोद्दारसहित ५ व्यवसायीलाई जेल चलानको आदेश दिएको हो।

अदालतले पोद्दार, सैयद अकबर शाह, राजु दारुका, इम्तियाज उद्दिन र अबु खानलाई जेल चलान गरेको हो। कर्तव्य ज्यान तथा संगठित अपराध मुद्दामा उनीहरुलाई पुर्पक्षमा राख्ने आदेश दिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

उनीहरुसँगै ग्रिनलाइन होलिडे ट्राभलका सञ्चालकद्वय बालकृष्ण खडका र ठाकुर प्रसाद ढुंगानाविरुद्ध मुद्दा दायर भएको छ।  उनीहरुलाई अदालतमा उपस्थित हुन अदालतले हदम्याद जारी गरेको छ।  गिरोहका एक नाइके चुडामणि उप्रेती ‘गोरे’ पक्राउ परेपनि अर्का नाइके मोहन अग्रवाल पक्राउ परेका छैनन्। अग्रवालको नाममा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed