Breaking News.... EverestOnlineKhabar
August 11, 2026

भारतमा सरकारको आलोचना गर्ने ५ अधिकारकर्मी पक्राउ

Loading

बीबीसी । भारतमा मानवअधिकारलगायतका विषयमा सरकारको आलोचक मानिने पाँचजनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा वामपन्थी विचारक एवं कवि वरवर राव, वकिल सुधा भारद्धाज, मानवअधिकार कार्यकर्ता अरुण फेरा, गौतम नवलखा र वरनान्न गौन्जाल्विस छन् ।

उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरिएको भारतीय सन्चारमाध्यमहरुले जनाएका छन् । उनीहरुलाई अर्को सुनुवाइ नहुन्जेलसम्म नजरबन्दमा राख्न भारतको सर्वोच्च अदालतले आदेश दिएको छ ।

आलोचकहरुले बुद्धिजीवीको पक्राउले मोदी सरकार आफ्नो नीतिको आलोचना सहन सक्दैन भन्ने धारणालाई बल पुर्‍याएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed