Breaking News.... EverestOnlineKhabar
August 10, 2026

अर्जेन्टिनामा आर्थिक संकट : अन्तर्राष्ट्रिय मुद्रा कोषसंग ५० अर्ब डलर सहयोग माग

Loading

काठमाडौं । अर्जेन्टिनाले बढ्दो आर्थिक संकट नियन्त्रणका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफसँग ५० अर्ब डलर ऋण सहायता माग गरेको छ । राष्ट्रपति मारीसिओ म्याक्रिले ऋण सहायताले अर्जेन्टिनाको अर्थ व्यवस्था सुधारमा नयाँ मार्गचित्र कोर्ने बताएका छन् ।

पछिल्लो समय अमेरिकी डलरको तुलनामा अर्जेन्टिनाको मुद्रामा ४० प्रतिशतले कमी आएको छ । यसले अर्जेन्टिना चरम मुद्रास्फितिबाट गुज्रिएको छ । आईएमएफका प्रबन्ध निर्देशक क्रिस्टिन लागर्डले अर्जेन्टिनाको मागप्रति सकारात्मक प्रतिक्रिया दिएका छन् ।

उनले अर्जेन्टिनाको नीतिगत प्रयास एवं संशोधित योजनाको लागि आफ्नो समर्थन रहने बताएका छन । यद्यपी लगानीकर्ताले भने अर्जेन्टिनाले सो ऋण चुक्ता गर्नेमा आशंका व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed