![]()
बीबीसी । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीले गएको वर्ष सेनाले रोहिङ्ग्या मुसलमान समुदायमाथि गरेको हिंसाको जिम्मेवारी लिँदै राजीनामा दिनु पर्ने संयुक्त राष्ट्रसंघका मानवअधिकार उच्चायुक्तले बताएका छन् ।
गएको वर्ष म्यानमारमा मुस्लिम अल्पसंख्यक रोहिङ्ग्या समुदायमाथि सेनाले दमन गरेको थियो । सेनाले गरेको हिंसाका कारण साढे चारलाख भन्दा धेरै रोहिङ्ग्या समुदाय छिमेकी देश बंगलादेशमा विस्थापित भएका छन् ।
संयुक्त राष्ट्रसंघका मानवअधिकार सम्बन्धी उच्चायुक्त जैद र’एद अल हुसैनले नोबेल शान्ती पुरस्कार विजेता सुकीलाई रोहिङ्ग्या हिंसाको सम्बन्धमा माफी दिन खोजिनु खेदपूर्ण रहेको बताए ।
हुसैनले नेत्री सुकी देशको राजनीतिक व्यवस्थामा प्रभाव पार्न सक्ने पदमा रहेर पनि उनले केही गर्न नसकेको बताए । उनी अहिलेसम्म चुप नै बस्नुले पनि रोहिङ्ग्यामाथि हिंसा भएको देखिने भन्दै उनले राजीनामा दिनुपर्ने बताए ।


