![]()
एजेन्सी । लामो समय ‘आउट अफ फर्म’ रहेका सुवास खकुरेलले एशिया कप छनोट खेल अन्तर्गत युइएबिरुद्ध अर्धशतक प्रहार गरे । उनले आफू लयमा फर्किएको प्रमाण दिंदै लड्खडाएको नेपाली इनिङलाई उकास्ने प्रयास गरे । उनले बनाएको ५० रन नै नेपालकातर्फबाट सर्वाधिक रन थियो ।
सुबास खकुरेल ५० रन बनाएर आउट भए। त्यसक्रममा उनले दीपेन्द्र सिंह ऐरीसंग मिलेर बीच चौथो विकेटका लागि ५८ रनको साझेदारी गरेका थिए ।
सुबास एकदिवशीय अन्तर्रा्ष्ट्रिय क्रिकेटमा अर्धसतक बनाउने नेपालको तेस्रो ब्याट्सम्यान बनेका छन्। यसअघिन नेदरल्यान्ड्ससँगको शृंखलामा सोमपाल कामी, पारस खड्का र ज्ञानेन्द्र मल्लले अर्धसतक बनाएका थिए।
खकुरेल लयमा फर्किएपनि अन्य खेलाडीले गतिलो प्रदर्शन गर्न नसक्दा नेपाल हार बेहोर्न बाध्य भयो ।


