Breaking News.... EverestOnlineKhabar
October 1, 2026

युएइका ४ विकेट चट्काएसंगै सन्दिप अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक विकेट लिने पहिलो नेपाली

Loading

काठमाडौँ  ।सन्दीप लामिछाने नेपालको लागि वान डे इन्टरनेशनल (ओडिआई) मान्यता प्राप्त खेलमा सर्वाधिक विकेट लिने खेलाडी बनेका छन्। एसिया कप छनोट अन्तर्गत मलेसियामा भइरहेको युएई विरुद्धको खेलमा सन्दीपले ४ विकेट लिएका हुन्।

यो सँगै ओडिआई मान्यता प्राप्त खेलमा सन्दीपको विकेट संख्या ८ पुगेको छ। नेदरल्याण्ड्स विरुद्धको पहिलो सिरिजको दुई खेलमा सन्दीपले ४ विकेट लिएका थिए। युएई विरुद्ध उत्कृष्ट बलिङ गरेका सन्दीपले १० ओभरमा २ मेडन राखदै २४ रन मात्र खर्चेर ४ विकेट लिएका हुन्।

उनी ओडिआईमा नेपालका लागि एकै खेलमा २ विकेट लिने दोस्रो नेपाली खेलाडी हुन्। कप्तान पारस खड्काले नेदरल्याण्ड्स विरुद्धको डेब्यु ओडिआई खेलमै ४ विकेट लिएका थिए। यस्तै फास्ट बलर सोमपाल कामीले नेपालका लागि अहिलेसम्म ओडिआईमा ६ विकेट लिएका लिएका छन्। नेदरल्याण्ड्स विरुद्धको सिरिजमा ४ विकेट लिएका सोमपालले युएई विरुद्ध २ विकेट लिए।

सन्दीपको ४ तथा सोमपाल र बसन्त रेग्मीले २-२ लिएको खेलमा युएईले २५४ रन बनाएको छ। युएई विरुद्ध ४ विकेट लिएसँगै लिस्ट ए म्याचमा सन्दीपले विकेट संख्या ५० पुर्‍याएका छन्। उनी सबैभन्दा कम २४ खेलमा ५० विकेट पुर्‍याउने पहिलो नेपाली बलर हुन्। सन्दीपले सन् २०१६ को अप्रिलमा वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नामिबियाको खेलमा घरेलु मैदान टीयू ग्राउण्डमा राष्ट्रिय टिमका लागि डेब्यु गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed