![]()
काठमाडौं । स्वदेशी चिनी गोदाममै थन्किएपछि आयातित चिनी रोक्ने तयारी भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयातित चिनी रोक्न मन्त्रिपरिषद्मा प्रस्ताव लगेको छ।
स्वदेशीभन्दा आयातित चिनी सस्तो भएपछि स्वदेशी चिनी गोदाममै थन्किएको छ। उद्योगीहरुसँग १ लाख टनभन्दा बढी चिनी गोदाममै थन्किएको चिनी उद्योग संघले जनाएको छ ।
गत सिजनमा उत्पादिन १ लाख ७८ हजार टनमध्ये १ लाख बढी टन अहिलेसम्म बिक्री गर्न नसकिएको उद्योगीले बताएका छन्। हाल खुद्रा बजारमा चिनीको मूल्य प्रतिकेजी ७५ देखि ८० रुपैयाँ छ। खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्यले आफूहरुले प्रतिकेजी ६८ रुपैयाँमा चिनी ल्याई ढुवानी लागतसहितको खर्च जोडेर ७५ रुपैयाँमा बेच्ने गरेको जानकारी दिए।


