Breaking News.... EverestOnlineKhabar
June 27, 2026

श्रीलंकाली राष्ट्रपति काठमाडौंमा, रक्षा मन्त्री पोखरेलले गरे स्वागत

Loading

काठमाडौं। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा सहभागी हुन श्रीलंकाका राष्ट्रपति मैत्रिपाल सिरिसेना काठमाडौं आइपुगेका छन्।

उनको यो पहिलो सद्भाव भ्रमण पनि हो। उनी बुद्ध जन्मभुमि लुम्विनी भ्रमणमा जाने कार्यक्रमसमेत तय भएको छ। त्रिभुवन विमानस्थलमा अवतरण गरेका उनलाई उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरेका थिए ।

उनको सम्मानमा त्रिभुवन विमानस्थलमा नेपाली सेनाको टुकुडीले सलामी अर्पण गरेको थियो। यसैबीच उनी अवतरण गर्ने क्रममा पानी परेपछि उनको स्वागत र सलामीका लागि पूर्व निर्धारित स्थान परिवर्तन गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.