![]()
आमा माइली दिदिलाइ त
पेट भित्रै मारेऊ मारेऊ
साँइली दिदीलाई पनि मारेऊ
कति भाग्यमानी ती दिदीहरु
आफ्नै आमाको पेटभित्र मर्न पाए
ठूली दिदी कसरि जन्मिछे ?
तर दुर्भाग्य !
आफन्तबाटै जिउदै
पटक पट रेटिदैछे रे ।
आमा त्यस्तको चिच्याहट म खप्न सक्दिन
तिमिले कसरी खपेकी छौ !
त्यसका रगतका आँशु म सहन सक्दिन
त्यसको पागलपन म हेर्न सक्दिन
तिमी कसरी सक्छौ !
किन यति क्रुर छ्न मेरा आफन्त
र, सिनोको भोकाहरु
आफ्नै छोरीको रगत पिएर डकार्दै छ्न
बृद्ध हजुरामा पनि नछोडी डकार्दैछ्न
सिनोका भोकाहरुको हुल बढ्यो आमा !
तिम्रा हातका नंग्राहरुले फोडिदेउ ती
सिनो खाने गिद्धका आँखाहरु
मरणीदेबिलाई बोक्सिको आरोपमा
मलमुत्र कोच्याउने
यो समाजका सिनो खाने गिद्धहरुलाई
किन सक्दैनौ मल मुत्र कोच्याउन ?
जिउदै मरेको लास सरह
जीवन बाँचेकि मेरि दिदीलाई हेर्छु
तब मेरो श्वास रोकिन्छ
आमा मलाई पनि
माइली दिदी र साइली दिदिलाइ जस्तै
पेट भित्रै मारिदेउ
म यो सिनो खाने गिद्धहरुको सांसरमा
आउन चाहान्न
आमा आउन चाहान्न !!
–कविता शर्मा


