![]()
एजेन्सी । एसीसी एशिया कप छनोट अन्तर्गत ओमानबिरुद्धको खेलमा नेपाली भेट्रान लेग स्पीनर सन्दीप लामिछाने विकेटविहीन भएका छन ।
प्रायः सबै खेलमा विकेट लिएर नेपाललाई जिताउन महत्वपूर्ण भूमिका खेल्दै आएका सन्दीप बुधवारको खेलमा भने विकेटविहीन भए ।
सन्दीपले विकेट लिन नसकेपनि कसिलो बलिङ भने गरेका छन । उनले कुल आफनो १० ओभरमा १ मेडेन राख्दै २७ रन दिए । उनलाई ओमानका ब्याटसम्यानले एक चौका र एक छक्का समेत ठोकेका थिए ।


