Breaking News.... EverestOnlineKhabar
August 15, 2026

Loading

बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गुगलमा खोजी गर्दा वाम झुकाव राख्ने खालको परिणामहरू मात्र धेरै देखिने भन्ने आरोप लगाएका छन्। तर त्यो आरोप सत्य नभएको गुगलले बताएको छ। ट्रम्पले गुगलमा खोज्दा देखाउने सामाग्रीहरू धाँधलीपूर्ण रहेको भन्दै त्यसबारे आफूले अनुसन्धान गर्ने प्रतिवद्धता जनाएका छन्।

गुगलले भने ट्रम्पको आरोप अस्वीकार गरेको छ। ट्रम्पले थोरैमात्रै सुनिएको एउटा अनुदारवादी ब्लगले संकलन गरेको सूचनाका आधारमा त्यस्तो भनेको उनको ट्वीटहरूबाट देखिन्छ।

उक्त ब्लगले ‘ट्रम्प न्यूज’ भनेर गुगलमा खोज्दा ९६ प्रतिशत समाचारहरू वाम विचारधारामा झुकाव राख्ने सामाग्रीहरू देखाउने जनाएको छ। उक्त ब्लगका लेखकले खोजीका क्रममा भेटिएका त्यस्ता सामाग्रीहरूको वैज्ञानिक आधार नभएको बताएका छन्।

ह्वाइट हाउसमा बोल्दै राष्ट्रपति ट्रम्पले गुगलले धेरै मानिसबाट धेरै फाइदा लिएको र यो निकै गम्भीर विषय भएको बताएका छन्। ट्रम्प प्रशासनसँग निकट रहेका एकजनाले त्यसको नियमनबारे सोचिरहेको जनाएका छन्। गुगललाई लगाएको दोषमा फेसबुक र ट्वीटरलाई पनि मिसाउँदै ट्रम्पले उनीहरू निकै सचेत रहनुपर्ने र त्यसबारे आफूहरूलाई थुप्रै उजुरीहरू आइरहेको बताएका छन्।

त्यसअघि गुगलबारे ट्रम्पका उच्च आर्थिक सल्लाहकार ल्यारी कड्लोले ह्वाइट हाउस प्रशासनले त्यसको नियमनबारे आफूहरूले हेरिरहेको र त्यसबारे अनुसन्धान र विश्लेषण गर्ने बताएका थिए। गुगलले भने आफ्नो सर्च इन्जिनले कुनै राजनीतिक मुद्दा तय नगरेको र कुनै पनि राजनीतिक सिद्धान्तप्रति पनि पूर्वाग्रह नराखेको जनाएको छ।

एउटा विज्ञप्तिमा गुगलले २ सय भन्दा बढी मानकहरूले साइटले खोजीका क्रममा सबैभन्दा माथि के देखाउने तय गर्ने जनाएको छ। विश्लेषकहरूले ट्रम्पको दाबीमा केही समर्थन गर्न सकिने तर उनले कसरी कदम चाल्छन् भन्ने चाहिँ स्पष्ट नभएको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed