![]()
काठमाडौ,भदौ ।
एसिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र ओमान भिड्दैछन् । जारी खेलमा ओमनविरुद्ध नेपालका सागर पुनले अर्धशतक पूरा गरेका छन् । सागरले ६५ बलमा ५० रन पूरा गरेका हुन् । उनले ४ चौका र १ छक्का प्रहार गर्दै नेपाली इनिङ्सलाई उकासेका छन् । नेपालले ४२ ओभरको समाप्तिमा ४ विकेटको क्षतिमा १४९ रन बनाएको छ । नेपालका लागि सागर पुन ५३ रन र आरिफ शेख २८ रनमा खेलिरहेका छन् ।
यसअघि २२.४ ओभरमा ८० रन बनाउँदा नेपालले चौथो विकेट गुमाएको थियो । चौथो विकेटको रुपमा दीपेन्द्रसिंह ऐरी ९ रनमा आउटका थिए । तयस्तै, नेपालले १७ ओभरको अन्तिम बलमा ज्ञानेन्द्र मल्ललाई तेस्रो विकेटको रुपमा गुमाएको थियो । उनले ६० बलमा ६ चौका र १ छक्काको मद्दतमा ४५ रन बनाएर आउट भएका थिए ।
१५.५ ओभरमा नेपालले ५६ रन बनाउँदा दोस्रो विकेटको रुपमा कप्तान पारस खड्कालाई ८ रनमा गुमाएको थियो । नेपालको पहिलो विकेटको रुपमा सुवास खकुरेल ४ रन आउट भएका थिए । नेपाल र ओमनबीचको खेल मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभलमा जारी खेलमा नेपाल ओमनलाई पराजित गर्दै छनोट प्रतियोगितामा शुखद सुरुवात गर्ने लक्ष्यमा रहेको छ ।
प्रतियोगितामा नेपालसँगै आयोजक मलेसिया, ओमन, युएई, सिंगापुर र हङकङ रहेका छन् ।


