Breaking News.... EverestOnlineKhabar
October 3, 2026

सार्वजनिक सवारीमा आजदेखि जोर–बिजोर प्रणाली लागुः कति बजेसम्म ?

Loading

काठमाडौ,भदौ ।
काठमाडौं उपत्यकामा चल्ने निजी तथा भाडाका सवारीमा आजबाट ३ दिन जोर–बिजोर प्रणाली लागू भएको छ । बिहान ६ बजेदेखि राति १० बजेसम्म यो नियम लागू भए पनि अन्य समयमा भने पूर्ववत रुपमा सवारी साधन सञ्चालन हुनेछन् ।
बिमस्टेक शीखर सम्मेलनमा आउने विदेशी पाहुनाको सुरक्षा तथा ट्राफिक व्यवस्थापनलाई ध्यान दिँदै ट्राफिक प्रहरी महाशाखाले १३, १४ र १५ गते ३ दिन सवारीमा जोर–बिजोर प्रणाली लागू गरेको हो ।
जोर गतेको दिन जोर नम्बरका गाडी र बिजोर गतेको दिन बिजोर नम्बरको गाडी गुडाउन मिल्ने नियम बनाइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । ट्राफिक महाशाखाले सवारीको पछाडिको अंकको आधारमा जोर–बिजोर निर्धारण गरेको छ । सवारीको पछाडि ०, २, ४, ६, ८ अंक भएका सवारी जोर हुन् भने पछिल्लो अंक १, ३, ५, ७ र ९ भएका सवारी बिजोर ।
निजी तथा भाडाका सवारीमा जोर बिजोर प्रणाली लागू भए पनि अत्यावश्यकीय सेवासँगै प्रेस, सरकारी तथा बिमस्टेकमा निम्त्याइएका पाहुनालगायतकोे हकमा भने यो नियम लागू हुने छैन । जोर–बिजोर प्रणाली लागू भएको पहिलो दिन आज बिजोर नम्बरका सवारीलाई मात्र आवतजावत गर्ने अनुमति ट्राफिक प्रहरी महाशाखाले दिएको छ ।
एकाधले नियम उल्लंघन गरे पनि आज बिहानैदेखि सडकमा बिजोर नम्बरका मात्रै गाडी गुडेको महाशाखाको भनाइ छ । बिजोर नम्बरका मात्रै सवारी गुड्दा उपत्यकाको सवारी आवागमन अघिल्ला दिनको तुलनामा केही सहज भएको छ ।बिहीबार भने जोर अंकका सवारी मात्रै उपत्यकाका सडकमा गुडाउन पाइने छ । शुक्रबार भने बिजोर अंकका सवारी चल्ने महाशाखाले जनाएको छ । अत्यावश्यकीय सेवा, आवश्यक कार्य जस्तै बिरामी, विद्यार्थीको परीक्षा, एयरपोर्ट टिकेट भएकाहरुको हकमा भने यो प्रणाली लागू हुनेछैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed