Breaking News.... EverestOnlineKhabar
June 27, 2026

Loading

एजेन्सी । प्रिमियर लिगको खेलमा लिभरपुलले लगातार आफ्नो तेस्रो जित निकालेको छ । लिभरपुलका मोहमद सलाह नायक सावित भए ।उनको गोलसँगै लिभरपुलले जित निकालेको हो । ब्राइटनलाई लिभरपुलले १—० गोल अन्तरले पराजित गरेको हो ।

यो सँगै सलाहको लिग खेलमा ३८ गोल पुगेको छ भने ब्राइटनलाई पराजित गर्ने क्रममा उनले खेलको २१ औं मिनेटमा गोल गरेका हुन् । ब्राइटनमाथि जित निकाल्ने क्रममा मोहमद सलाहको उत्कृष्ट गोल निर्णायक बन्यो ।

प्रिमियर लिगका तीनवटै खेल जितेको लिभरपुल ९ अंक सहित शिर्ष स्थानमा रहेको छ । भने खेलमा सलाह नै नायक बनेका छन् ।लिभरपुलसँग पराजित भएको ब्राइटनको भने ३ अंक मात्रै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.