![]()
काठमाडौं । मिस टुरिजम–२०१८ को उपाधी भक्तपुरकी मनिता पौडेलले जितेकी छन् । १२ प्रतियोगीलाई उछिन्दै पौडेलले मिस टुरिजमको ताजसँगै नगद रु ५० हजार हात पारिन् ।
प्रमुख निर्णायक नेपाल वायुसेवा निगमका सञ्चालक निमानरु शेर्पाले सोधेको सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउन सरकारले गर्नुपर्ने प्रमुख तीन कामहरु के–के हुन् भन्ने प्रश्नको जवाफ दिँदै पौडलेले उपाधी जितेकी हुन् । प्रतियोगिताको फष्ट रनरको उपाधी प्रकृति ढकाल र श्रुती थापाले सेकेण्ड रनर अपाधी हात पारे । उनीहरूले क्रमशः ३० हजार र २० हजार रुपैयाँ प्राप्त गरे ।
प्वाइन्ट मिडियाले सन् २०१६ देखि मिस टुरिजमको आयोजना गर्दै आएको छ ।


