Breaking News.... EverestOnlineKhabar
June 28, 2026

बार्यन म्युनिखद्वारा होफेनहाइम ३–१ गोल अन्तरले पराजित

Loading

एजेन्सी ।जर्मन च्याम्पियन बार्यन म्युनिखले बुण्डेस लिगाको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ । बार्यनले यो सिजनको पहिलो खेलमा जित निकाल्दै उपाधि रक्षाको यात्रा सुरु गरेको हो । घरेलु मैदानमा भएको खेलमा बार्यनले १८९९ होफेनहाइमलाई ३–१ ले हरायो । बार्यनको जितका थोमस मुलर, रोबर्ट लेवान्डोस्की र आर्जेन रोबिनले गोल गरे । होफेनहाइमका लागि एडम स्जालाईले गोल गरे ।

२३ औँ मिनेटमा मुलरको गोलबाट घरेलु टोली बार्यनले सुरुवाति अग्रता लियो । ५७ औँ मिनेटमा एडकले होफेनहाइमका लागि बराबरी गोल फर्काए । अन्तिमको ८ मिनेट बार्यनका लागि महत्वपूर्ण रह्यो ।

८२ औँ मिनेटमा पाएको पेनाल्टीमा लेवान्डोस्कीले गोल गर्दै टिमलाई अग्रता दिलाए । ९० औँ मिनेटमा रोबिनले गोल गरेपछि बार्यन ३–१ ले विजयी भयो । योसँगै बुण्डेस लिगाको नयाँ सिजन पनि सुरुवात भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.