Breaking News.... EverestOnlineKhabar
June 28, 2026

Loading

बीबीसी । चीनको एउटा होटलमा भएको आगलागीमा परी  कम्तीमा १८ को मृत्यु भएको छ । उत्तरपूर्वी हेइलोङजिआङ प्रान्तको राजधानी हार्बीनमा रहेको एउटा होटलमा शनिबार राती आगलागी सुरु भएको अधिकारीहरुले जनाएका छन् ।

राज्यद्धारा सञ्चालित समाचार संस्था सिन्ह्वाले स्थानीय समयानुसार शनिबार विहान ११.५० सम्ममा १८ जनाको मृत्यु भइसकेको पुष्टि भएको जनाएको छ ।  स्थानीय अधिकारीहरुलाई उद्धृत गर्दै प्रेषित समाचारमा उद्धार कार्य जारी रहेको उल्लेख गरिएको छ।

होटलमा हुने आगलागीका घटना चीनमा बारम्बार हुने गरेका पाइन्छ । सुरक्षा सतर्कता र मर्मतमा वेवास्ता गरेकाले यस्ता घटना धेरै हुने गरेको बताइएको छ ।

गत अप्रिलमा पनि चीनको दक्षिणी क्षेत्रमा भएको आगलागीमा परी १८ जनाको मृत्यु भएको थियो भने, गत नोभेम्बरमा भएको आगलागीमा १९ जनाको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.