Breaking News.... EverestOnlineKhabar
August 17, 2026

कञ्चनपुरमा बलात्कारपछि मारिएकी बालिका निर्मलाका पक्षमा काठमाडौंमा प्रदर्शन

Loading

काठमाडौं।  बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको पक्षमा  काठमाडौंमा बृहत् प्रदर्शन भएको छ। माइतीघरबाट सुरु भएको प्रदर्शन बानेश्वरतिर लागेको थियो।

‘निर्मलाका निम्ति न्याय’ स्लोगनमा जनताको भेला नाम दिइएको प्रदर्शनमा शिल्पी थिएटरले बलात्कार विरुद्धको नाट्यांशसमेत प्रस्तुत गरेको थियो।

भीमदत्त नगरपालिका २ की १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि गत साउन १० गते हत्या भएको थियो। पन्तको हत्यामा नक्कली अभियुक्त पक्राउ गरिएको र वास्तविक दोषीसम्म प्रहरी पुग्न नसकेको भन्दै सर्वत्र सरकारको आलोचना भइरहेको छ। दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न र पीडित परिवारलाई न्याय दिलाउन प्रदर्शनकारीहरुले माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.