Breaking News.... EverestOnlineKhabar
June 28, 2026

निर्मला पन्तको हत्याको बिषयलाई लिएर महेन्द्रनगरमा तनाव झन बढ्दै

Loading

कञ्चनपुर । कञ्चनपुरकी १३ बर्षिया बालिकाको बलात्कारपछि हत्या भएको घटनालाई लिएर बुधवार पनि स्थानीयले प्रर्दशन गरेका छन ।  बालिकाको हत्या आरोपमा प्रहरीले अभियुक्त सार्वजनिक गरेपछि  चर्केको आन्दोलन  जारी रहेको छ ।

गत सोमबार अपरान्ह प्रहरीले हतारमा अभियुक्त सार्वजनिक गरेपछि हिजो स्थानीयले प्रदर्शन सुरु गरेका थिए । बजार र यातायात बन्द गराएर उनीहरुले चोक–चोकमा टायर बालेका छन । व्यवासायीहरु स्वस्फुर्त रुपमा बजार बन्द गरेर आन्दोलनमा होमिएका छन् भने उनीहरुलाई नागरिक समाजका अगुवा, विद्यार्थीले सहयोग गरेका छन् ।

प्रहरी र आन्दोलनकारीबीच पटक–पटक झडप भएको छ ।  दुबै पक्षबाट ढुंगा हानाहान भएको छ ।  स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौ सेल अश्रुग्यास प्रहार गरेको छ ।

प्रहरीले वास्तविक दोषी उम्काउन यस्तो खेल खेलेको उनीहरुको आरोप छ । गत साउन ११ गते भीमदत्त नगरपालिका–२ स्थित साथीको घरमा गएकी बालिकाको शव उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा फेला परेको थियो । प्रहरीले सोमबार अपरान्ह स्थानीय ४१ बर्षिय दिलिप विष्टलाई अभियुक्तका रुपमा सार्वजनिक गरेको थियो  । प्रहरीले मुख्य अपराधीलाई उन्मुक्ति दिएको आरोप स्थानीयले लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.