![]()
बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका दुई पूर्व सहयोगीहरू मुछिएका फौजदारी मुद्दाका कारण अहिले उनको राष्ट्रपतीय कार्यकालमाथि कालो बादल मडारिएको अनुभव गरिँदै छ। न्यूयोर्कमा उनका पूर्व वकिल माइकल कोहेनले कर र ब्याङ्कमा अपचलन गरेको स्वीकार गरेका छन्।
उनले चुनाव प्रचारको बेला वयस्क चलचित्रकी नायिका स्टोर्मी ड्यानियल्सलाई रकम तिरेको पनि स्वीकार गरेका छन्। ड्यानियल्सले राष्ट्रपति डोनल्ड ट्रम्पसँग आफ्नो सम्बन्ध रहेको बताउने गरेकी छन्।
दोस्रो मुद्दामा भर्जिनियामा एक जुरीले ट्रम्पका पूर्व चुनाव प्रचार संयोजक पल मानाफोर्टले पनि कर र ब्याङ्क अपचलनसम्बन्धी आठवटा मुद्दामा आफूले कसुर गरेको स्वीकार गरेका छन्।
मानाफोर्टले गैरकानुनी रूपमा रकम तिरेको आरोप छ। उनले कतिपय अवस्थामा ट्रम्पको निर्देशनमा रकम तिरेको संकेत गरेका छन्। मानाफोर्ट दोषी प्रमाणित भएमा उनलाई कैद सजाय हुन सक्ने बताइएको छ।


