Breaking News.... EverestOnlineKhabar
June 27, 2026

एकै प्रकृतिको आर्थिक गतिविधिमा अलग–अलग तहबाट कर लगाउन पाइदैन : सांसद चौधरी

Loading

काठमाडौं ।  नेपाली कांग्रेसका सांसद् एवं उद्यमी विनोद चौधरीले एकै प्रकृतिको आर्थिक गतिविधिमा अलग–अलग तहबाट कर लगाउन नमिल्ने बताएका छन् । प्रतिनिधिसभाको मंगलवारको बैठकको विशेष समयमा बोल्दै सांसद चौधरीले जुन प्रयोजनका लागि कर उठाइएको हो त्यसमा सदुपयोग भएको अनूभुति करदातालाई दिनु कर उठाउने प्रक्रियाको पहिलो शर्त रहेको धारणा राखे ।

‘एकै प्रकृतिको आर्थिक गतिविधिमा अलग–अलग तहबाट कर लगाउन नमिल्ने र यसरी उठाइको कर पूर्ण रूपले जुन प्रयोनका लागि उठाइएको हो, त्यसैमा सदुपयोग भएको अनुभूति करदातालाई दिनु कर उठाउने प्रक्रियाको हिलो शर्त हो,’ सांसद चौधरीले भने ।

उनले विगतमा खडा गरिएका कोष र करको विषयमा सदनमा तथ्यांक पेश गरे ।

‘२०६६ सालमा खडा गरिएको सामाजिक सुरक्षा कोषमा प्रत्येक सरकार, रोजगारदाता र मजदूरको रगत परेको छ । कोषमा २२ अर्ब रुपैयाँ थन्किएर बसेको छ । सैद्धान्तिक रूपमा भन्ने हो भने विभिन्न काम गर्ने मदजदूरको तलब काटेर जम्मा गरेको पैसाको सदुपयोग उनीहरूको सुविधाका लागि, घर नभएकाहरूलाई घर, शिक्षादेखि लिएर आवास लगायतका काम गर्नका लागि उपयुक्त वातावरण बनाउन र पूर्वाधारका लागि खर्च गरिनुपथ्र्यो,’ सांसद चौधरीले भने, ‘कोषमा २२ अर्ब रुपैयाँ त जम्मा भयो, जम्मा हुने क्रम जारी छ । यसको सदुपयोग नहुनुमा विभिन्न सरकार कति जिम्मेवार भए भन्ने जानकारी सदनलाई प्राप्त हुनुपर्छ ।’

चौधरीले बूढीगण्डकी जलविद्युत् आयोजनाको नाममा उठाइएको २३ अर्बलाई प्रयोग गरेर यो योजना उहिल्यै शुरू गर्न सकिने भएपनि काम शुरू नभएको भन्दै असन्तुष्टि जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.