![]()
काठमाडौं । राष्ट्रिय जागरण परिषद् नेपालले गृहमन्त्री रामबहादुर थापासँग नेपाल नागरिकता ऐन–२०६३ लाई संसोधन गर्न बनेको विधेयक २०७५ मा राखिएका केही बुँदाहरु सच्याउन माग गरेको छ।
परिषद्का संयोजक साध्यबहादुर भण्डारीको नेतृत्वमा गृहमन्त्रालयमा गएको टोलीले विधेयकमा रहेको केही बुँदा राष्ट्रहित प्रतिकुल रहेको भन्दै सच्याउन माग गरेको हो। नागरिकता नीति खुकुलो र बितरण मुखी नभई नियन्त्रणकारी हुनपर्ने, उच्चस्तरीय न्यायिक अधिकार सम्पन्न नागरिकता छानविन आयोग गठन गरिनुपर्ने लगायतका माग परिषदले राखेको छ।
ज्ञापनपत्र बुझ्दै गृहमन्त्री थापाले नागरिकता सम्बन्धी विधेयक संसदमा विचाराधिन रहेको भन्दै परिषद् उठाएका विषयबस्तुबारे अध्ययन गरिने बताए।


