Breaking News.... EverestOnlineKhabar
June 26, 2026

इरानको पहिलो लडाकू विमान सार्वजनिक, ककपिटमा देखिए राष्ट्रपति

Loading

बीबीसी । इरानले तेहरानमा आयोजित प्रतिरक्षा प्रदर्शनीका अवसरमा  पहिलो घरेलु लडाकू विमान सार्वजनिक गरेको छ ।  राज्य नियन्त्रित टेलिभिजनले इरानी राष्ट्रपति हस्सन रौहानीलाई राष्ट्रिय प्रतिरक्षा उद्योगको प्रदर्शनीमा राखिएको नयाँ ‘कौसार’ विमानको ककपिटमा बसेको देखाएको छ । यो चौथो पुस्ताको लडाकू विमान हो । यस बिमानमा अत्यधुनिक उपकरणहरु र बहुउद्देश्यीय राडार जडान गरिएको छ । यो बिमान सत प्रशित इरानी प्रविधिबाट उत्पादन गरिएको हो ।

राज्य नियन्त्रित टेलिभिजनले यो बिमानको सफलतापूर्वक परीक्षण गरिएको र सार्वजनिक उडानका लागि धावनमार्गमा राखिएको जनाएको छ । यो बिमानका बारेमा शनिबार मात्र रक्षामन्त्री अमिर हतामीले जानकारी दिएका थिए । उनले यस परियोजनका बारेमा ज्यादै कम विवरण सार्वजनिक गरेका छन् ।

अमेरिकाले अबौं डलरका हातहतियार इरानका क्षेत्रीय प्रतिद्वन्द्वी राष्ट्रहरुलाई बेचेको छ, तर इरानमाथि प्रतिरक्षा कार्यक्रमलाई नियन्त्रण गर्न आग्रह गरिआएको छ । इरानमाथि दबाब सिर्जना गर्न अमेरिकाले आर्थिक नाकाबन्दी लगाइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.