Breaking News.... EverestOnlineKhabar
June 27, 2026

राष्ट्रियसभाले तीन बिधेयक छलफलका लागि बिषयगत समितिमा पठायो

Loading

काठमाडौँ । राष्ट्रियसभाले विभिन्न शीर्षकका तीन विधेयकमा दफावार छलफलका लागि विषयगत समितिमा पठाएको छ ।  बैठकले विषयगत समितिमा पठाएका विधेयकमा अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी (पहिलो संशोधन), वातावरण संरक्षण (पहिलो संशोधन) र सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन)  विधेयक २०७५ हुन् ।

ती विधेयलाई क्रमशः महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा र वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सम्बन्धित समितिमा दफावार छलफलका लागि पठाइयोस् भनि बैठकमा प्रस्ताव गरेका थिए । ती प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको थियो ।

राष्ट्रिय सभाको अर्को बैठक यही भदौ १२ गते ११ बजे बस्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.