![]()
एजेन्सी । एप्पल आइप्याडको ब्याट्री बिस्फोट हुँदा एप्पलमा कार्यरत तीन कर्मचारीमा समस्या देखिएको छ । नेदरल्याण्डसको आम्सटरडममा रहेको एप्पल स्टोरमा आइप्याडको ब्याट्री बिस्फोट भएको हो ।
ब्याट्रीमा आगो लागेपछि तीन कर्मचारीलाई सामान्य समस्या देखिएको थियो । घटना लगतै स्टोर बन्द गरिएको थियो । आम्सटरडमको अग्नी नियन्त्रण विभागले एप्पल स्टोलमा सानो आगलागी भएको र तीन कर्मचारीको स्वासप्रस्वासमा समस्या देखिएकाले उपचार गरिएको उल्लेख गरेको छ ।
एप्पलले घटनाका बारेमा अनुसन्धान भइरहेको जनाएको छ । घटनालगत्तै स्टोरमा रहेका ग्राहकलाई सुरक्षित रुपमा बाहिर निकालिएको र केही बेर स्टोर बन्द भएको एप्पलले जनाएको छ । त्यसको केही समयपछि अवस्था सामान्य बनाएर स्टोर खुलाइएको एप्पलले उल्लेख गरेको छ ।


