![]()
कञ्चनपुर । १३ वर्षीया बालिका निर्मला पन्तको हत्याबारे प्रहरीले वास्तविकता बाहिर ल्याउन नसकेको भन्दै बजार बन्द गरेर प्रदर्शनमा उत्रेका स्थानीय बासिन्दामाथि प्रहरीले बल प्रयोग गरेको छ।
बजारमा प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरुमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो । जिल्ला प्रशासन कार्यालय घेराउन गर्न खोजेपछि स्थिती नियन्त्रणमा लिन केही राउण्ड अश्रुग्यास प्रहार गरिएको हो । प्रदर्शनकारीको ढुंगा लागेर केही प्रहरी सामान्य घाइते भएका छन । प्रहरीले वास्तविक अपराधी पत्ता नलगाई नक्कली व्यक्तिलाई हत्याराकारुपमा सार्वजनिक गरेको उनीहरुको आरोप छ ।
कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका पन्तबारे जिल्ला प्रहरी कार्यालयले हत्यामा संलग्न भन्दै भीमदत्त नगरपालिका–१९ बागफाँटाका ४१ वर्षीया दिलीपसिंह बिष्टलाई सार्वजनिक गरेको थियो ।


