Breaking News.... EverestOnlineKhabar
June 27, 2026

इंग्लिस प्रिमियर लिगमा लिभरपुलको लगातार दोस्रो जित

Loading

एजेन्सी । लिभरपुलले इंग्लिस प्रिमियर लिगको यो सिजनमा लगातार दोस्रो जित दर्ता गरेको छ । सिजनको पहिलो खेलमा वेष्ट ह्याममाथि ४–० को जित निकालेको लिभरपुलले दोस्रो खेलमा क्रिष्टल प्यालेसलाई हराएको हो ।

अवे मैदानमा भएको खेलमा लिभरपुलले १० खेलाडीमा सीमित भएको क्रिष्टल प्यालेसलाई २–० ले हराउँदै आफ्नो विजयी सुरुवात कायम राखेको हो । पहिलो हाफको अन्तिम समयमा पाएको पेनाल्टीमा गोल गर्दै जेम्स मिल्नरले टिमलाई सुरुवाति अग्रता दिलाए । मोहम्मद सालहलाई फउल गरेको कारण लिभरपुलले पेनाल्टी पाएको हो ।

७५ औँ मिनेटमा वान–बिसाका रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि क्रिष्टल प्यालेस १० खेलाडीमा सीमित भयो । इन्जुरी समयको तेस्रो मिनेटमा साडिओ मानेले गोल गरेपछि जर्गेन क्लोप्पको टिम २–० ले विजयी भयो ।

गएको सिजन चौथो भएको लिभरपुल उपाधि विजेता म्यानचेस्टर सिटी भन्दा २५ अंकले पछि थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.