![]()
एजेन्सी । १८ औं एसियाली खेलकुद प्रतियोगिताको मंगलबार महिलातर्फको तेक्वान्दो खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको छ । नेपालकी ज्ञानी चुनारा फिलिपिन्सकी लोपेज पाउलिन लोइनसँग २०–० को फराकिलो अन्तरले पराजित भएकी हुन् ।
योसँगै तेक्वान्दोमा नेपाल तेस्रो दिन पनि पदकविहीन बनेको छ । त्यसअघि ज्ञानीले पहिलो चरणमा भुटानकी छोदेन किन्जाङलाई २८–६ ले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेकी थिइन् ।
त्यस्तै, महिला ६७ केजीमाथिको पहिलो चरणमा ओलम्पियन निशा रावललाई चीनकी गाउ पानले २२–६ ले पराजित गरिन् । यता, तेक्वान्दोकै पुरुष ८० केजीमाथि अनोज पुजारी पहिलो चरणमै पराजित भएका छन् । काजाकिस्तानका झापारोभ रुसलानले अनोजमाथि २१–० को सहज जित हात पारे ।
नेपालले जकार्तामा पदकको आशा गरेको तेक्वान्दो लगातार निराजनक नतिजा आएको हो ।


