![]()
बीबीसी । मलेसियाको एक अदालतले उत्तर कोरियाली नेता कीम जोङ उनका भाइ कीम जोङ नामको हत्या आरोपमा मलेसियामा पक्राउ परेका दुई महिलाका सम्बन्धमा सुनुवाई गर्न आदेश दिएको छ।
हत्या आरोपीहरुमा इन्डोनेसियाकी सिती आइस्याथ र भियतनामकी डोएन थी हुओङ रहेका छन् । ती महिलाले कीम जोङ नामलाई क्वालालम्पुर विमानस्थलमा स्नायूशक्ति ध्वस्त पार्ने भीएक्स एजेन्टले आक्रमण गरेका थिए । महिनौंदेखि यो मुद्दा अदालतमा विचाराधीन छ । उक्त अभियोजन अनुसार थुनामा रहेका महिलाहरु विरुद्ध हत्या आरोपको पुष्टी गर्ने पर्याप्त प्रमाणहरु छन् ।
अदालतको आदेशपछि दुबै महिलाले आश्चर्यचकित हुँदै रुवाबासी गरेका थिए । पर्याप्त प्रमाण नभएको भए न्यायाधीशले दुबै महिलालाई छोड्ने आदेश दिने थिए । दोषी ठहर भएमा दुवै महिलाले मृत्युदण्डको सजाय पाउने छन् ।
कोरियाली जासूसको फन्दामा परेर आफूहरुले कीममाथि आक्रमण गरेको दुवै महिलाको दाबी छ । कीममाथि प्रहार गरिएको वस्तु खतरनाक हतियारमा सूचीकृत छ ।


