![]()
काठमाडौं । गृह मन्त्रालयले २७ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ। गृह मन्त्रालयले काठमाडौंको प्रहरी प्रमुखकाे जिम्मेवारी एसएसपी बसन्त कुमार लामालार्इ र ललितपुर प्रहरी परिसरकाे जिम्मेवारी एसएसपी रविन्द्र धानुकलाई दिएकाे छ।
प्रदेश नम्बर ४ को प्रहरी कार्यालय पोखरामा रहेका धानुकलाई ललितपुर प्रहरी प्रमुख बनाइएको हो भने प्रहरी प्रधान कार्यालय जगेडापुलमा रहेका लामालाई काठमाडौं परिसरको जिम्मेवारी दिएको हो।
यसअघि काठमाडौं प्रहरी प्रमुख रहेका एसएसपी विश्वराज पोखरेललाई नेपाली दूतावास (कन्सुलर) नयाँ दिल्ली र ललितपुर प्रहरी परिसरका एसएसपी गणेश बहादुर ऐरलाई प्रहरी प्रधान कार्यालय कल्याण शाखामा सरुवा गरिएको छ।
सूची हेर्न यहाँ क्लिक गर्नुुहोस :


