Breaking News.... EverestOnlineKhabar
June 26, 2026

भदौं १ देखि लागू हुने कानूनमा कुनै नयाँ कुरा छैन : प्रधानमन्त्री ओली

Loading

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सकहरुका विषयमा भदौं १ देखि लागू हुने कानूनमा कुनै नयाँ कुरा नभएको बताएका छन्। उनले चिकित्सकहरुलाई कानूनका विषयमा भ्रम फैलाइएको भन्दै प्रधानमन्त्री ओलीले अहिलेको कानूनमा ५० वर्षदेखि रहेकै विषय रहेको बताए।

नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा) ले पार्टी कार्यालय धुम्बाराहीमा बिहीबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने,‘ चिकित्सका विषयमा ५० वर्षदेखि कानूनमा जे कुरा छ अहिले पनि त्यही छ। कानूनबारे भ्रम फैलाउने काम भएको छ। यसबारे सचेत हुनु होला।’

भदौ १ देखि लागू हुने मुलुकी अपराध (संहिता) ऐनमा चिकित्सकबारे कडा कारबाहीको व्यवस्था राखिएको भन्दै चिकित्सक संघले सरकारलाई निर्णय नसच्याइए एप्रोन र प्रमाणपत्र मेडिकल काउन्सिलमा बुझाएर घरमा बस्ने चेतावनी दिएको थियो। तर, प्रधानमन्त्री ओलीले बिरामीको मृत्यु भएमा चिकित्सकलाई जन्मकैदको व्यवस्था गरिएको भनेर भ्रम फैलाइएकाले सचेत रहन आग्रह गरे।

नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आफूहरु स्वच्छ प्रतिस्पर्धामा विश्वास भएकाले अनावश्यक भ्रम नफैलाउन प्रतिपक्षी दलहरुलाई आग्रहसमेत गरे।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.