Breaking News.... EverestOnlineKhabar
August 15, 2026

Loading

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र्र पौडेलले सरकार पूर्णतः असफल भएको दावी गरेका छन् । वरिष्ठ नेता पौडेलले ६ महिना नपुग्दै सरकार असफलसिद्ध भईसकेको दावी गरे ।

बिहिबार पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले काठमाडौंमा  गरेको  कार्यक्रममा बोल्दै नेता पौडेलले सरकारले सरुवा, बढुवामा समेत एकलौटी निर्णय लिएर सर्वसत्तावादी सोच देखाएको तर्क गरे ।

उनले सरकारले एउटा पनि उल्लेख्य काम नगरेको बताउँदै सरकारले न्यायपालिकामा समेत हस्तक्षेप गरेको भन्दै आपत्ति जनाए । शिक्षा, स्वास्थ्य, विद्युत, रोजगारीजस्ता जनताको आधारभूत विषयमा पनि सरकार गम्भीर नभएको उनको आरोप छ ।

उनले महंगी बढाउने, कर बढाउनेलगायतका जनताविरोधी कामबाहेक सरकारले अरु केही गर्न नसकेको आरोप लगाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed