Breaking News.... EverestOnlineKhabar
June 27, 2026

ट्रम्पले रोके सिआइएका पूर्व प्रमुखको सुरक्षा पहुँच

Loading

बीबीसी । देशको प्रमुख गुप्तचर निकाय (सिआइए)का पूर्व निर्देशक जन ब्रेननलाई गोप्य जानकारीमा दिइएको पहुँच ह्वाइट हाउसले फिर्ता लिएको छ। ब्रेननले भने ट्रम्प प्रशासनको उक्त कदम आफ्ना आलोचकहरूलाई मौन राख्ने प्रयास भएको भनी व्याख्या गरेका छन्।

ह्वाइट हाउसकी प्रेस सचिव स्यारा स्यान्डर्सले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको वक्तब्य सुनाउँदै ह्वाइट हाउसले गरेको यो पछिल्लो निर्णयको घोषणा गरेकी हुन्। उक्त वक्तब्यमा ब्रेननले अनियमित आचरण र व्यवहार देखाएको बताइएको छ। त्यसको जवाफमा ब्रेननले ट्वीट गर्दै राष्ट्रपति ट्रम्पको यो कदम, वाक स्वतन्त्रतालाई दबाउन र आलोचकहरूलाई सजाय दिन खोजेको एउटा प्रयास भएको बताएका छन्।

उनले ट्रम्पको यो निर्णयले गुप्तचर निकायका अधिकारीहरूले बोलेबापत सजाय पाएको भन्दै यसले सबै अमेरिकीहरूलाई गम्भीर रुपले चिन्तित बनाउनुपर्ने बताएका छन्। यसअघि जुलाईमा ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले हेल्सिन्कीमा भएको भेटमा ट्रम्पको प्रस्तुती ‘देशद्रोहीको भन्दा कम नभएको’ बताएका थिए।

र, गत वर्ष ब्रेननले सन् २०१६ को राष्ट्रपतीय चुनावमा ट्रम्पका चुनावी अभियानका अधिकारी र रुसबीच सम्भावित साँठगाँठबारेको अनुसन्धान राम्रैसँग स्थापित भएको बताएका थिए। राष्ट्रपति ट्रम्पले भने उक्त दाबीलाई निरन्तर रूपमा अस्वीकार गर्दै आएका छन्।

उक्त वक्तब्यमा ट्रम्पले गत वर्ष पदबाट बर्खास्त गरिएका संघीय जाँच व्यूरो एफबीआइका पूर्व निर्देशक जेम्स कोमी, राष्ट्रिय गुप्तचर निकायका पूर्व निर्देशक जेम्स क्ल्यापर, राष्ट्रिय सुरक्षा निकायका पूर्व निर्देशक माइकल हेइडन र पूर्व महान्यायाधिवक्ता स्याली ऐट्सलगायतको पनि सुरक्षा पहुँचबारे समीक्षा भइरहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.